अनुसन्धानमुलक लेखका लागि सूचना प्रकाशित गरिएको ।

Sep 11 , 2024

https://baruncampus.edu.np/content/uploads/images/Teachers.pdf

प्रस्तुत बिषयमा वरुण बहुमुखी क्याम्पस अन्तर्गत रहेको 'योजना तथा अनुसन्धान व्यवस्थापन समिति'को मितिः २०८१/०५/१२ गतेको वैठक निर्णय अनुसार यहि मितिः २०८१/०९/१९ सम्ममा 'वरुण जर्नल' (Barun Journal-Peer Reviewed Double Blinded with ISSN and DOI Number-Multidisciplinary Vol. 2) प्रकाशनका लागि यस क्याम्पसको विभिन्न तह र कक्षामा अध्यापन गरिरहेका सबै शिक्षकहरुलाई बिशेष गरि आफुले अध्ययन गरिरहेको मुख्य बिषयलाई स्थानीय समुदायका कुनै पनि समस्या/सवाल/बिषयसंग जोडेर निम्न मिति, समय सिमा भित्र र दिइएको अनुसन्धान निर्देशिका अनुसार कुनै एक अनुसन्धानमुलक लेख तयार गरि यसै सुचनामा उल्लेखित इमेल ठेगानामा पठाउन यो सूचना प्रकाशित गरिएको छ। यस क्याम्पस भन्दा वाहिर अध्यापन गरिरहेका शिक्षकहरुले समेत उल्लेखित मिति, समय सिमा भित्र र दिइएको अनुसन्धान निर्देशिका अनुसार अनुसन्धानमुलक लेख पठाउन सक्ने व्यवस्था गरिएकोछ ।
> लेख पठाउने अन्तिम मिति र समयः २०८१/०७/३० गते विहान १०:०० बजे भित्र।
> लेख पठाउने इमेल ठेगाना: dahalrudra18@gmail.com barun.campus95@gmail.com
> अनुसन्धान निर्देशिका यसै सूचना साथ संलग्न गरिएकोछ।
> योजना तथा अनुसन्धान व्यवस्थापन समिति अन्तर्गतको 'सम्पादन समिति'को मुल्याङ्न अनुसार स्वीकृत लेखहरुलाई मात्र प्रकाशनको प्रक्रियामा संलग्न गराइनेछ ।
यो सूचना वरुण वहुमुखी क्याम्पसको वेव साइट www.baruncampus.edu.np र फेसबुक पेज www.facebook.com/Baruncampus बाट पनि पाउन सकिनेछ । यस सम्बन्धि थप जानकारीका लागि योजना तथा अनुसन्धान व्यवस्थापन समिति संयोजक रुद्रनाथ दाहाल, मोबाइल नं. ९८५२०५१५९९ वा what's app no. +977- 9852051599 मा पनि सम्पर्क गर्न सकिनेछ ।

© 2019 Barun Multiple Campus. All rights reserved.

Visitor Count Barun Campus

WEBSITE BY COSMOS