'उधमशीलता र अर्थतन्त्रको दिगो विकासका लागि स्थानीय ज्ञान,सीप, र प्रविधिको उपयोग' नारासहित आयोजित 'वरुण हस्तकला प्रदर्शनी[Barun Handicraft Exhibition] क्याम्पस संचालक समिति श्री दीर्घध्वज चाँपागाईँज्युको अध्यक्षता, खाँदबारी नगरपालिका प्रमुख श्री महेश थपलियाज्युको प्रमुख आतिथ्यता, उपप्रमुख श्री महेश्वरा बज्राचार्यज्यु, जिल्ला अधिकारी श्री ध्रुवकुमार खड्काज्यु लगायत विभिन्न संघ संस्थाबाट पाल्नुभएका उच्च पदस्थ व्यक्तित्वहरुको आतिथ्यता, साझेदार संघसंस्थाहरु, मिडिया पार्टनरलगायत व्यवस्थापन सहयोगी स्ववियु, युरेस, शिविस, SAM लगायत वरुण क्याम्पस परिवारमा आबद्ध आम महानुभावहरुको सकृयता, सहभागिता, अवलोकन र प्रोत्साहनमा यही मिति २०८१ बैशाख १२ गते सुसम्पन्न भएको छ ।
एक अर्थपूर्ण कार्यक्रममा षडानन्द बहुमुखी क्याम्पस, मादी बहुमुखी क्याम्पस र वरुण बहुमुखी क्याम्पसका २५ विद्यार्थीहरु सहभागी भएका छन् भने उनीहरूले प्रदर्सनका लागि तयार गरेका थुप्रै सामग्रीहरुको बिक्री गरि केही आय आर्जन पनि गरेका छन् । बिक्री हुन बाँकी सामग्रीहरुको पनि अर्डर आइरहेको र छिट्टै बिक्री भैसक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको कन्सेप्ट शेयर भएदेखि सम्पन्न बनाउँदासम्म हौसला प्रदान गर्दै अनवरत खट्नुहुने आदरणीय क्याम्पस प्रमुख चित्ररेखा कार्कि अधिकारी ज्यु, मार्गदर्शन प्रदान गर्नुहुने क्यासंस सदस्यहरु Khadga Rai ज्यू ,Jibnath Khanal ज्यू , सुरुदेखि अन्त्यसम्म अत्यन्त धेरै सक्रिय रहनुहुने QAA फोकल पर्सन रूद्रनाथ दाहाल ज्यु र NEHEP अन्तर्गत Capacity Building कमिटीका संयोजक Chhatra Mani Pantaज्यु लगायत कार्यक्रमलाई व्यवस्थित बनाउन निर्माण गरिएका उपसमितिका शिक्षक/कर्मचारी साथीहरू, सहभागी विद्यार्थीहरु, मुल्यांकन टोली एवं अवलोकनमा उपस्थित विद्यार्थीहरु लगायत प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछाै ।