Barun Multiple Campus

बरुण बहुमुखी क्याम्पस

Call us

029-560195, 029-560695

Message From Campus Chief

टीकाराम गुरुङ

वरुण बहुमुखी क्याम्पस जनसमुदायबाट संचालित मुनाफारहीत सामुदायिक शैक्षिक संस्था हो र त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवीकि तर्फ प्रविणता प्रमाणपत्र तहको अध्यापन गर्ने गरी स्थापित यस क्याम्पसले अभिभावक, विद्यार्थी र समयको मागलाई आत्मसात गर्दै मानवीकि तर्फ नै स्नातक तह, उच्च माध्यमिक शिक्षा परिषदबाट दश जोड दुई, र त्रिभुवन विश्वविद्यालय अन्तर्गत नै शिक्षा र व्यवस्थापन तर्फ स्नातक र शिक्षा शास्त्र संकाय तर्फ स्नातकोत्तर (अंग्रेजी, इ.पि.एम, स्वास्थ्य शिक्षा र नेपाली) तहका विषयहरु अध्ययन अध्यापन गराइरहेको छ । पहाडी र दुर्गम जिल्ला, जनस्तरबाट संचालित क्याम्पस, सिमित आम्दानीका श्रोतहरुमा विद्यार्थी र अविभावकको बढ्दो माग बमोजिमका विषयहरु, शिक्षकहरुको संख्या, कक्षाकोठा, पुस्तकालय तथा अन्य भौतिक व्यवस्थापन गर्नु निक्कै चुनौतीपूर्ण कार्य हो र अझै पनि धेरै चुनौतीहरु हाम्रासामु विद्यामान छन् भने समय अनुसार धेरै कार्यहरु पनि सम्पन्न भएका छन् र यस्ता समस्यहरु समाधानका लागि सहयोग गर्नुहुने विद्यार्थी, प्राध्यापक, अविभावक, समाजसेवी, वुद्धिजीवि, उद्योगी व्यापारी, राजनैतिक दलहरु, स्वतन्त्र विद्यार्थी यूनियन, रेडक्रश सोसाइटी, खाँदवारी नगरपालिका, जिल्ला समन्वय समिति, नेपाल ग्रामिण पुन निर्माण संस्था, त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद, विश्व विद्यालय अनुदान आयोग तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ र आगामी दिनहरुमा पनि यस्ता समस्यहरुलाई सामुहिकरुपमा समाधान गर्न सम्पूर्ण तहबाट उल्लेखनीय योगदान पुग्ने छ भन्ने आशा गरिएको छ ।