Barun Multiple Campus

बरुण बहुमुखी क्याम्पस

Call us

029-560195, 029-560695

History



प्रदेश नं १ को मकालु हिमश्रंखलाको काखमा अवस्थित संखुवा–सभा जिल्लाको सदरमुकाम खादबारी सुन्दर नगरमा वि।सं। २०४३ सालमा यस वरुण बहुमुखी क्याम्पसको स्थापना हुनगएको थियोे । स्थापनाकालमा यो क्याम्पसको नाम पंचायत रजत जयन्ती क्याम्पस रहेतापनि तत्काल विभिन्नि क्षेत्रबाट ब्यापक असन्तुस्टि सहित संसोधनको प्रस्ताव पेश भई यसको नाम पवित्र नदि बरुण नदीको नामबाट बरुण वहुमुखी क्याम्पस राखीएको थियो । यस क्याम्पसको स्थापनाकालागि तत्कालिन प्रमुख जिल्ला अधिकारी स्वर्गीय मदन प्रसाद अर्यालले अहम् भूमिका निर्वाह गर्नु भएको तथ्यलाई हामी जिल्लावासीहरुले कहिलै भुल्ने छैनौ । अभिाभवक, प्रशासक, समाजसेवी, शिक्षक, वुद्धिजिवी, उद्योगी व्यापारी, विद्यार्थी एवं समस्त नागरिक समाजको भूमिका क्याम्पस स्थापनाका लागी अविस्मरणीय छ र दुर्गम क्षेत्रमा रहेका जनताहरुलाई सर्वसुलभ र गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले जनस्तरबाट स्थापना भएको यस क्याम्पसले सङ्खुवासभा जिल्लाका साथै भोजपुर जिल्ला पूर्वी भेगका जनताहरुलाई समेत समेट्दछ, र यो क्याम्पसको स्थापनाले एस।इ।ई उत्तिर्ण गरी कक्षा ११ र १२ अध्ययन गर्न र कक्षा ११, १२ उत्तिर्ण पश्चातको उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेका तर गरिबीको कारणले खर्च धान्न नसक्ने र परिवार छाडेर बाहिर जान नसक्ने छात्र छात्राहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ । यस क्याम्पसको स्थापनाकालमा श्री हिमालय उ।मा।वि। खादबारीका कक्षाकोठाहरु प्रयोग गरी अध्ययन अध्यापन गरिएको थियो त्यसैले हिमालय उ।मा।वि। परिवार प्रति पनि आभार प्रकट गर्दछु र क्याम्पस भवनको अत्यन्त खाचो परेको अवस्थामा तत्कालिन जिल्ला सभापति स्वर्गवासि शिव कुमार गौली र नगरविकास कोषबाट अनुदान सहयोग उपलब्ध गराउन अहं भूमिका निर्वाह गर्नुहुने तत्कालिन खाँदवारी नगरपालिकाका मेयर स्वर्गवासि किरण शाक्यको भूमीका यस समयमा हामी स्मरण गर्न चाहान्छौ ।
वरुण बहुमुखी क्याम्पस जनसमुदायबाट संचालित मुनाफारहीत सामुदायिक शैक्षिक संस्था हो र त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवीकि तर्फ प्रविणता प्रमाणपत्र तहको अध्यापन गर्ने गरी स्थापित यस क्याम्पसले अभिभावक, विद्यार्थी र समयको मागलाई आत्मसात गर्दै मानवीकि तर्फ नै स्नातक तह, उच्च माध्यमिक शिक्षा परिषदबाट दश जोड दुई, र त्रिभुवन विश्वविद्यालय अन्तर्गत नै शिक्षा र व्यवस्थापन तर्फ स्नातक र शिक्षा शास्त्र संकाय तर्फ स्नातकोत्तर ९अंग्रेजी, इ।पि।एम, स्वास्थ्य शिक्षा र नेपाली० तहका विषयहरु अध्ययन अध्यापन गराइरहेको छ । पहाडी र दुर्गम जिल्ला, जनस्तरबाट संचालित क्याम्पस, सिमित आम्दानीका श्रोतहरुमा विद्यार्थी र अविभावकको बढ्दो माग बमोजिमका विषयहरु, शिक्षकहरुको संख्या, कक्षाकोठा, पुस्तकालय तथा अन्य भौतिक व्यवस्थापन गर्नु निक्कै चुनौतीपूर्ण कार्य हो र अझै पनि धेरै चुनौतीहरु हाम्रासामु विद्यामान छन् भने समय अनुसार धेरै कार्यहरु पनि सम्पन्न भएका छन् र यस्ता समस्यहरु समाधानका लागि सहयोग गर्नुहुने विद्यार्थी, प्राध्यापक, अविभावक, समाजसेवी, वुद्धिजीवि, उद्योगी व्यापारी, राजनैतिक दलहरु, स्वतन्त्र विद्यार्थी यूनियन, रेडक्रश सोसाइटी, खाँदवारी नगरपालिका, जिल्ला समन्वय समिति, नेपाल ग्रामिण पुन निर्माण संस्था, त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद, विश्व विद्यालय अनुदान आयोग तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ र आगामी दिनहरुमा पनि यस्ता समस्यहरुलाई सामुहिकरुपमा समाधान गर्न सम्पूर्ण तहबाट उल्लेखनीय योगदान पुग्ने छ भन्ने आशा गरिएको छ ।
समय र वस्तु परिस्थितीको परिवर्तन संगै मानिसको आवस्यकता इच्छा र चाहनाहरु पनि परिवर्तन भएका छन् र मानविय आवश्यकताको आधारमा शिक्षा दिने हाम्रो परिकल्पना अनुसार वरुण वहुमुखी क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक सवलता र यस क्याम्पसको उचित दिशा निर्देशकालागि ५ वर्षे दुरदृष्टि ९ख्ष्कष्यल०, उद्देश्य ९इदवभअतष्खभक० र रननीति ९क्तचबतभनथ० सहितको योजना कार्यक्रम तर्जुमा गरी वरुण बहुमुखी क्याम्पसले रणनैतिक योजना ९क्तचबतभनष्अ उबिल द्दण्ज्ञट तय द्दण्द्दज्ञ० निर्माण गरिएको छ । यस रणनैतिक योजनाले लक्षित गरेको परिकल्पनामा पुग्न र योजना कार्यक्रमहरु सम्पन्न गर्न पनि सरकारी, गैह्र सरकारी निकाय एवं सम्पूर्ण शिक्षाप्रेमी अभिभाकहरुसंग सकृय साथ सहयोगको अपेक्षा गर्दछु ।
यसै सन्दर्भमा वरुण वहुमुखी क्याम्पसको परिकल्पना गरी जस्ले यस क्याम्पसको स्थापना गर्न पहलकदम गर्नु हुने संस्थापक शिक्षा प्रेमी, समाजसेवी महानुभावहरु हुनुहुन्छ वाहाँहरुको नाम याहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु ।



Publications